images
images

प्राइम बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने


  • 337
    SHARES
  • २०८१ कार्तिक ११ गते आइतबार

    प्राइम बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७ सय ८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
     

     


    images

    Logo