images
images

लाभांश घोषणासहित सोल्टी होटलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 410
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    लाभांश घोषणासहित सोल्टी होटलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ।

    होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुन ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images

    Logo