images
images

निफ्राले बनायो लगानीकर्ताको हातखाली


  • 304
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    निफ्राले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यस बर्ष लगानीकर्ताको हातखाली बनाएको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 

    गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। तसर्थ, यस बर्ष लगानीकर्ताको हातखाली हुने भएको छ । 

    बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको हो।

    गत आर्थिक वर्षको बैंकले १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 


    images

    Logo