काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त लाभांश घोषणा गरेको छ। आज बिहान बसेको सञ्चालक समितिको बैठकले कुल ९.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले ९ प्रतिशतले हुन आउने ११ करोड १० लाख ४४ हजार ४ सय २१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतले हुन आउने ५८ लाख ४४ हजार ४ सय ४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।