images
images

प्राइम कमर्सियल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 330
    SHARES
  • २०८१ कार्तिक २८ गते बुधबार

    प्राइम कमर्सियल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले साधारणसभा बोलाएको छ । बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अुनसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images

    Logo