images
images

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, १००% हकप्रद पनि ल्याउने


  • 574
    SHARES
  • २०८१ मंसिर ७ गते शुक्रबार

    युनाइटेड इदी मर्दीको लाभांश घोषणा, १००% हकप्रद पनि ल्याउने

    काठमाडौं । युनइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    जसमा ४ प्रतिशतले १ करोड ७७ लाख २४ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२११ प्रतिशतले ९ लाख ३२ हजार ४८२ रुपैयाँबराबरको नगद लाभांश छन् ।

    प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

    सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पनि गरेको छ । यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ ।


    images

    Logo