काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १.८६५९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।