images
images

नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 391
    SHARES
  • २०८१ मंसिर ३० गते आइतबार

    नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images

    Logo