images
images

समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 348
    SHARES
  • २०८१ पौष २५ गते बिहीबार

    समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    जसमध्ये ५ प्रतिशतले हुन आउने २ करोड ९९ लाख ५४ हजार ८ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १५ लाख ७६ हजार ५ सय ७० रुपैयाँ बराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


    images

    Logo