images
images

एनआइसी एसिया लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 393
    SHARES
  • २०८१ फाल्गुण १२ गते सोमबार

    एनआइसी एसिया लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं ।  एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

    सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा गोर्खा होटल चतरा लाइन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।


    images

    Logo