images
images

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 527
    SHARES
  • २०८१ फाल्गुण २५ गते आइतबार

    नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ा का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९ सय ३९ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसमा १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँबराबरको बोनस शेयर र बोनस शेयर कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुने आउने १ करोड २९ लाख ८० हजार ८ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।


    images

    Logo