नयाँदिल्ली । कोरोना महामारीबीच भारतीय बजारमा पेट्रोलियम पदार्थको भाऊ आकाशिएको छ । सरकारी तेल उत्पादक कम्पनीहरुले लगातार तेस्रो दिन बुधबार पनि तेलको मूल्य वृद्धि गरेका छन् । यो मूल्यवृद्धिसँगै दिल्लीमा पेट्रोलको मूल्य भारू ९२.०५ र डिजेलको मूल्य भारू ८२.८१ कायम भएको छ ।
केही राज्यमा भएको विधानसभा निर्वाचनसँगै सरकारी कम्पनीहरुले मूल्यमा बढोत्तरी गरेको हो । मुम्बईमा पेट्रोलको मूल्य भारू ९८.३६ र डिजेलको मूल्य भारू ८९.७५ कायम भएको छ ।
यसअघि मे ४ देखि लगातार ४ दिन मूल्य बढेको थियो । मे ८ र ९ का दिन मूल्य नबढे पनि फेरि लगातार मूल्य बढ्दै गएको हो ।
उता मध्य प्रदेशको राजधानी भोपालमा पेट्रोलको मूल्य १०० रुपैयाँ पार गरेको छ । आजको लागि सो शहरमा पेट्रोलको मूल्य १००.०८ तोकिएको छ । सबैभन्दा महँगो मूल्य मध्य प्रदेशको नगरबन्ध शहरमा प्रतिलिटर १०३.२१ रुपैयाँ छ ।
आज बेलायती ब्रेन्ट बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८.५५ अमेरिकी डलर पुगेको छ ।


