images
images

मर्जरपछिको इन्भेष्टमेन्ट र हिमालयन बैंक : अधिकांश सूचकमा पहिलो, प्रतिस्पर्धा 'नेक टू नेक'


  • 1.1K
    SHARES
  • २०७८ बैशाख ३० गते बिहीबार

    मर्जरपछिको इन्भेष्टमेन्ट र हिमालयन बैंक : अधिकांश सूचकमा पहिलो, प्रतिस्पर्धा  'नेक टू नेक'

    काठमाडौं । वाणिज्य बैंकमध्ये प्रभावशाली मानिएका दुई वाणिज्य बैंकहरुबीच आज मर्जरसम्बन्धी औपचारिक सम्झौता हुँदैछ । अपराह्न ३ बजे काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पााडेले बताए । ‘आज ३ बजेपछि सम्झौता गर्ने तयारी भएको छ,’ उनले भने ‘ एकीकृत कारोबार भने कहिले हुन्छ, त्यो अहिले भन्न सक्ने अवस्था छैन । जतिसक्दो छिटो हामी एकीकृत कारोबारमा जान्छौं ।’

    राष्ट्र बैंकले ठूला बैंकहरुको मर्जरका लागि नीति लिएको करिब २ वर्षपछि यी बैंकहरुबीच मर्जर हुन लागेको हो । यसअघि ग्लोबल आईएमई र जनता बैंकले एउटा मर्जर प्रक्रिया पूरा गरिसकेका छन् । 

    लामो छलफलपछि यी बैंकहरुले मर्जरसम्बन्धी विषयवस्तुबारे सम्झौतामा पुगेका हुन् । दुवै बैंकको अस्थित्व कायम हुनेगरी मर्जरमा जान दुई बैंकहरु तयार भएका हुन् ।

    नयाँ बैंकमा अध्यक्षसहित ४ सञ्चालक इन्भेष्टमेन्ट बैंकबाट हिमालयन बैंकबाट ३ सञ्चालक रहने, प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकबाट रहने, स्वाप रेसियो बराबर रहने खालको समझादारी भइसकेको छ । सम्झौताअघि नै व्यापक छलफल भइसकेकोले मर्जरले औपचारिकता पाउन समेत धेरै समय नलाग्ने देखिन्छ । 

    वाणिज्य बैंकबीचको छैटौं मर्जर

    वित्तीय प्रणालीकै लागि महत्वपूर्ण मानिएका यी दुई बैंकबीचको मर्जर नौलो भने होइन । नेपाली बैंकिङ इतिहासमा अहिलेसम्म ५ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियाबाट विलय भइसकेका छन् । त्यसले वाणिज्य बैंकहरुमध्येको यो छैटौं मर्जर हो । 

    नेपालको इतिहासमा वाणिज्य बैंकमध्ये सबैभन्दा पहिलो मर्जर एनआईशी बैंक र बैंक अफ एशियाबीच भएको थियो । ती दुई बैंक मिलेर एनआईशी एशिया बैंक बनेको थियो । 

    दोस्रो मर्जर ग्लोबल ग्लोबल बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकबीच भएको थियो । सो बैंक मर्जरपछि ग्लोबल आईएमई बैंक बनेको थियो । कमर्ज एण्ड ट्रष्ट बैंकले त्यतिबेला आफ्नो अस्थित्व गुमाएको थियो । 

    तेस्रो मर्जर ग्राण्ड बैंक र प्रभु बैंकबीच भएको थियो । तात्कालिन किष्ट बैंक र प्रभु फाइनान्स गाभिएर बनेको प्रभु बैंकमा ग्राण्ड बैंक विलय भएको थियो । खराब कर्जाका कारण संकटग्रस्त अवस्थामा पुगेको सो बैंक कुनै बैंकमा विलय हुनैपर्ने अवस्थाबीच प्रभुसँग मर्जर भएको हो । 

    चौथो मर्जर बैंक अफ काठमाण्डू र तात्कालिन लुम्बिनी बैंकबीच भएको थियो । सो बैंकहरु मर्ज भएर बैंक अफ काठमाण्डू लुम्बिनी बने पनि पछि फेरि नाम परिवर्तन गरेर बैंक अफ काठमाण्डू नै बनाइएको थियो । 

    पाँचौं मर्जर मर्जर ग्लोबल आईएमई र जनता बैंकबीच भएको थियो । दुई बैंकबीच २०७६ असारमा मर्जर सम्झौता भई मंसिरदेखि एकीकृत कारोबार भएको हो ।

    तर, यी बैंकबीचको मर्जरले वाणिज्य बैंकहरुको मर्जरको लहर लहर ल्याउनसक्ने सम्भावना रहेकोले यो मर्जरलाई महत्वपूर्ण मानिएको हो । 

    मर्जरपछि पनि प्रतिस्पर्धा ‘नेक टू नेक’

    अहिलेको अनौपचारिक सहमति अनुसार दुई बैंकबीचको मर्जरपछि बैंकको चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्नेछ । यो चालु आर्थिक वर्षको पुँजीमा आधारित रकम हो । अर्को वर्ष सम्बन्धित बैंकले दिने बोनसले यो पुँजी अझै बढाउनेछ । 

    चैत मसान्तको वित्तीय विवरणका आधारमा दुई बैंकबीचको कुल पुँजी ४७ अर्ब २४ करोड छ । निक्षेप २ खर्ब ७५ अर्ब, कर्जा लगानी २ खर्ब ५९ अर्ब तथा कुल सम्पत्ति ३७ खर्ब ५० अर्ब रुपैयाँ रहेको देखिन्छ । दुई बैंकको अवस्था हेर्दा मर्जरपछि पनि यी सूचकहरुमा बैंक पहिलो नम्बरमै रहनेछ । 

    तर, दुई बैंक मर्ज भएपछि पनि बैंकले वित्तीय प्रणालीमा आफ्नो वर्चश्व कायम राख्न निकै कसरत गर्नुपर्ने अवस्था छ । मर्जरपछि बैंक आकारको हिसाबले अधिकांश सूचकमा अगाडि हुनेछ । तर, प्रतिस्पर्धी बैंकहरुले त्यो आकारसँग प्रतिस्पर्धा गर्न अहिले नै तयार भइसकेका छन् ।

    मर्जरपछि बैंकको निक्षेप ३ खर्ब पुग्नेछ, जबकी अहिले नै एनआईशी एशिया बैंकको निक्षेप २ खर्ब ७५ अर्ब पुगिसकेको छ । त्यस्तै दुई बैंकको कर्जा लगानी २८८ अर्ब हुँदा अहिले पहिलो नम्बरमा रहेको एनआईशी एशियाकै कर्जा लगानी २ अर्ब ५९ अर्ब रुपैयाँ पुगिसकेको छ । 

    एकीकरणपछि बन्ने बैंकसँग इक्विटीका आधारमा नेपाल बैंकले प्रतिस्पर्धा गर्नेछ । चुक्ता पुँजीका आधारमा ग्लोबल आईएमई बैंक प्रतिस्पर्धी रहनेछ । नाफाको आधारमा नबिल बैंकले प्रतिस्पर्धा गर्नेछ । 

    उता, मर्जरपछि पनि बैंकले गुणात्मक सुधारमा धेरै ध्यान दिनु पर्नेछ । मर्जरबाट सिनर्जी प्राप्त नभई त्यस्तो सुधार सम्भव हुँदैछ । अहिलेको सहमति अनुसार हाल इन्भेष्टमेन्ट बैंकमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधा मर्जरपछि बढ्नेछ । यसले एकीकृत बैंकको सञ्चालन खर्च बढाउनेछ । सुविधा बढे अनुसार उत्पादकत्व प्राप्त गर्न सकेमात्रै बैंक गुणात्मक रुपमा एक नम्बरको बन्नेछ । तर, दुई संस्थाबीचको मर्जरले समस्या ल्याउनसक्ने सम्भावना पनि उत्तिकै छ । 

    शाखाको हिसाबले मर्जरपछिको बैंक अझै कमजोर रहनेछ । अहिले दुवैं बैंकको शाखा संख्या १०० भन्दा कम छ । मर्जरपछि यो संख्या १ सय ६७ पुग्नेछ । जबकी सबैभन्दा बढी शाखा हुने बैंकसँग अहिले २ सय ५५ वटा शाखा छ । वित्तीय पहुँच बढाउने सवालमा पनि बैंकले अझै कसरत गर्नुपर्ने अवस्था छ ।

    हेर्नुहोस्, चैत मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको वित्तीय अवस्थ, दुइ बैंकको एकीकृत सूचक र प्रतिस्पर्धी बैंकको अवस्था ।


    सूचकहरु

    इन्भेष्टमेन्ट बैंक

    हिमालयन बैंक

    हिमालयन र इन्भेष्टमेन्ट बैंक

    प्रतिस्पर्धी बैंकको अवस्था

    प्रतिस्पर्धी बैंक

    निक्षेप संकलन (अर्ब)

    १६५.९७

    १३२.२४

    २९८.२१

    २७५.३२

    एनआईशी

    कर्जा लगानी (अर्ब)

    १६०.९८

    १२७.१४

    २८८.१२

    २५९.२१

    एनआईशी

    कुल सम्पत्ति (अर्ब)

    २१०२.७९

    १६४७.८९

    ३७५०.६८

    २३०३.६०

    एनआईशी

    कुल इक्विटी (अर्ब)

    २९.५५

    १७.६९

    ४७.२४

    ३१.९९

    नेपाल बैंक

    चुक्ता पुँजी (अर्ब)

    १६.२६

    १०.६८

    २६.९४

    २१.६३

    ग्लोबल

    रिजर्भ (अर्ब)

    १२.९५

    ६.१९

    १९.१४

    १६.८४

    नेपाल बैंक

    ब्याज आम्दानी (अर्ब)

    १०.४७

    ७.६५

    १८.१२

    १६.७५

    एनआईशी

    ब्याज खर्च (अर्ब)

    ६.१७

    ४.९४

    ११.११

    १०.१६

    एनआईशी

    खुद ब्याज आम्दानी (अर्ब)

    ४.३०

    २.७१

    ७.०१

    ६.८७

    ग्लोबल

    शुल्क आम्दानी (करोड)

    ७६.५४

    ४९.७६

    १२६.३०

    १२७.४२

    एनआईशी

    व्यापारमूलक आम्दानी (करोड)

    ८७.१९

    ७६.५०

    १६३.६८

    ८७.१९

    इन्भेष्टमेन्ट

    अन्य सञ्चालन आम्दानी (करोड)

    ५९.९०

    ७.२५

    ६७.१५

    १०५.५१

    नबिल

    कुल सञ्चालन आम्दानी (अर्ब)

    ८.०८

    ६.४२

    १४.५०

    १०.२३

    ग्लोबल

    कर्मचारी खर्च (बोनससहित) (करोड)

    १२१.५४

    ११७.१०

    २३८.६४

    २३७.५०

    ग्लोबल

    कर्मचारी खर्च (करोडमा)

    ७६.३४

    ९६.६३

    १७२.९७

    २०२.८६

    कृषि विकास

    करपछिको खुद नाफा (अर्बमा)

    २.८४

    १.२८

    ४.१३

    ३.६८

    नबिल

    वितरणयोग्य नाफा (अर्बमा)

    १.३८

    ०.८५

    २.२३

    ३.८०

    नबिल

    शाखा संख्या

    ८६

    ७०


    २५५

    एनआईशी

    नेटवर्थ (अर्बमा)

    ३०.३५

    १८.३६

    ४८.७१

    ३२.२१

    ग्लोबल

    रिटर्न अन इक्विटी (प्रतिशत)

    १४.७८

    १३.१०

    २३.२६

    एनआईशी


    images

    Logo