images
images

४ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?


  • 428
    SHARES
  • २०८२ मंसिर २६ गते शुक्रबार

    ४ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

    काठमाडौं । ४ कम्पनीले लाभांश घोषणा गरेका छन् । शुक्रबार लाभांश घोषणा गर्ने कम्पनीहरुमा आईएमई लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र आरम्भ चौतारी लघुवित्त रहेका छन् । 

    आईएमई लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

    त्यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । भने आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।


    images
    images

    Logo