काठमाडौं । दुई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल एसबस्आई बैंक र एनएमबि बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी बैंकले गरेको प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
नेपाल एसबस्आई बैंकको चुक्त पुँजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २० गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष ७ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एनएमबि बैंकको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २२ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष ७ गते १ दिनको लागि शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।
यस अनुसार पुष ६ गतेसम्म कायम भएका शेयरधनीहरुले यी बैंकहरुकोको साधारण सभामा सहभागि हुन र बैंकलेले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


