images
images

इन्डोनेसियामा बिहानै ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • 246
    SHARES
  • २०८२ चैत्र १९ गते बिहीबार

    इन्डोनेसियामा बिहानै ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं । इन्डोनेसियामा आज बिहान शक्तिाशाली भुकम्प गएको छ । मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । स्थानीय समय अनुसार बिहान ६ वजेर ४८ मिनेटमा  गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् । 

    भुकम्पमा परेर केहिको हताहती भएको बताइएको छ । हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छालहरू आउन सक्ने बताएको छ ।

     




    images

    Logo