काठमाडौँ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार, भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामासमेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।


