काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। डा. भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपनि आयल निगमको नेतृत्व त्यसमा परेको थिएन ।
मध्यपुर्व दन्द्धका कारण दुई महिनादेखि घाटामा रहेको निगममा करिव दुई वर्ष काम गरेका डा. भट्टले भण्डारण, डिपो स्थान्तरण, जग्गा व्यवस्थापन, पेट्रोलियम पाइपलाईन लगायतका परियोजना अघि बढाउँन सकेका थिएनन् । कार्यसम्पादनमा कमजोर रहेका डा. भट्टले नयाँ सरकारको दवाव खेप्न नसकेर राजीनामा बुझाएको स्रोतको भनाई छ ।


