images
images

स्विटजरल्यान्डलाई पछिपार्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा


  • 136
    SHARES
  • २०८३ आषाढ २८ गते आइतबार

    स्विटजरल्यान्डलाई पछिपार्दै अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अमेरिकाको कान्सास सिटी स्टेडियममा भरखरै सम्पन्न खेलमा अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले एक–एक गोल गरे ।

    खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका  डान एनडोयेले गोल गर्दै खेललाई एक– एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो । 

    खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२ औ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे । त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी  बनाए ।  अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ ।




    images

    Logo