images
images

ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्युु


  • 82
    SHARES
  • २०८३ श्रावण १३ गते बुधबार

    ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्युु

    भैरहवा । कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्युु भएको छ । तौलिहवा बहादुरगंज सडक खण्ड अन्तर्गत महाराजगंज नगरपालिका–२ गैडहवा चोक नजिकै ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा ३ जनाको ज्यान गएको हो । 

    बुधबार बिहान तीब्र गतिमा रहेको मदिरा बोकेको ना ५ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको मृत्यु भएको छ। 

    त्यसैगरी महाराजगंज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र सोहि पालिकाका ४५ वर्षीय बिजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ। 

    ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।घट्नास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घट्नाका सम्बन्धमा थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    images

    Logo