images
images

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, सर्वसाधारणले पनि आवेदन दिन पाउने


  • 506
    SHARES
  • २०७८ माघ १५ गते शनिबार

    आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, सर्वसाधारणले पनि आवेदन दिन पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दैछ । बजेटमा उल्लेखित आन्तरिक ऋण उठाउने प्रयोजनको लागि राष्ट्र बैंकले उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । 

    यसरी जारी हुन लागेको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, अन्य संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । 

    उक्त ऋणपत्रको ब्याजदर बोलबकोल प्रणालीबाट तय हुनेछ । यसका लागि आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत् बोलपत्रमा सहभागी हुन सकिनेछ । सोमबार उक्त बोलपत्र खोलिनेछ । 

    बोलपत्रका लागि कम्तीमा ५० हजार र बढीमा निष्कासित रकमको सीमासम्मका लागि आवेदन दिन सकिने उल्लेख गरिएको । यसको ब्याजदर बोलपत्रकर्ताले माग गरे कमोजिम हुनेछ । तर, कम ब्याजदर प्रस्ताव गर्ने बोलपत्रदातालाई पहिलो प्राथमिकता दिएर तोकिएको सीमासम्मको ऋणपत्र वितरण गरिनेछ । 


    images

    Logo