images
images

२५ करोड रुपैयाँ मुद्दतीमा राख्दै राष्ट्र बैंक, निक्षेप पाउन डेढ दर्जन शर्त


  • 558
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    २५ करोड रुपैयाँ मुद्दतीमा राख्दै राष्ट्र बैंक, निक्षेप पाउन डेढ दर्जन शर्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । कर्मचारी सुरक्षण कोषमा भएको उक्त रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लागनाी गर्न लागेको हो । 

    सो रकममध्ये वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र फाइनान्स कम्पनीमा १ करोड २५ लाख रुपैयाँ राखिनेछ । 

    उक्त निक्षेपको ब्याजदर बोलबकोल माध्यमबाट तय हुनेछ । सो बोलबकोलमा सहभागी हुन बैंक सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति निक्षेपको कम्तीमा २० प्रतिशत रहेको, सीडी अनाुपात तोकिएको सीमामा रहेको लगायत डेढ दर्जन शर्त तोकिएको छन् । 

    उक्त शर्त पूरा गर्ने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निक्षेप बोलकबोल प्रक्रियामा सहभागितचा जनाउनसक्ने राष्ट्र बैंकले जनाएको छ ।


    images

    Logo