images
images

एक दिनमा २५ हजार रुपैयाँ मात्रै रेमिट्यान्स गर्न पाइने


  • 1.0K
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    एक दिनमा २५ हजार रुपैयाँ मात्रै  रेमिट्यान्स गर्न पाइने

    काठमाडौं । अब एक पटकमा बढीमा २५ हजार रुपैयाँ मात्रै रेमिट्यान्स गर्न पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकले देशभित्र हुने रेमिट्यान्स काराेबारमा २५ हजारकाे सीमा ताेकेकाे हाे।

    अब एक ब्यक्तिले एक पटकमा २५ हजार रुपैयाँ मात्रै पैसा पठाउन सक्छ । पटक पटक गरि रकम पठाउँदा पनि एक दिनमा २५ हजारभन्दा धेरै पैसा पठाउन सक्दैन ।

    माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाले यस्ताे सीमा पुनरावलाेकन गर्ने नीतिगत व्यवस्था गरेकाे थियाे । त्यसलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गरेकाे हाे ।


    images

    Logo