images
images

फ्रेन्चकप फाइनलमा पीएसजी र मोनाको, कसले जित्ने छ उपाधि ?


  • 567
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    फ्रेन्चकप फाइनलमा पीएसजी र मोनाको, कसले जित्ने छ उपाधि ?

    काठमाडौं । फ्रेन्चकप फुटबलको फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र एएस मोनाकोले प्रतिस्पर्धा गर्दैछन् । 

    नेपाली समय अनुसार राति एक बजे खेलको सुरुवात हुनेछ । 

    आजको खेल फ्रान्सको स्टाडे डे फ्रान्स मैदानमा  सञ्चालन  हुनेछ ।

    आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । पीएसजी जित निकाल्दै आफूलाई १४ औं पटक च्याम्पियन बनाउने योजनामा रहेको छ । 

    पीएसजीले हालसम्म फ्रेन्च कपको १३ उपाधि जिति सकेको छ । पीएसजी हालसम्म १७ पटक फाइनलमा पुगेको छ । 

    यता मोनाको पनि छैटौं पटक च्याम्पियन हुने योजनामा रहेको छ । मोनाकोले हालसम्म ६ पटक उपाधि जितेको छ । मोनाको ९ पटक फाइनल पुगेको छ । 

    आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ । 


    images

    Logo