काठमाडौं । नेपालमा कोरोना संक्रमित बढेसँगै रेम्डेसिभिर औषधीको माग बढ्दो छ ।
आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो ।
यसैगरि, विश्व स्वास्थ्य संगठनले भने कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ ।
नेपाल लगायतका विभिन्न देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन गर्न लागिएको हो ।
औषधि व्यवस्था विभागले रेम्डेसिभिर औषधी उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयर अनुमति दिएको छ ।
औषधी उत्पादनका लािग अनुमती दिएपनि बजारमा बिक्रिका लागि विभागले अनुमति दिएको छैन ।


