काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्नको लागि ओलीले संसद बैठक बोलाएका हुन् ।
केही समय अघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि पेश भएका दुवै दाबीलाई खारेज गरेकी थिइन् ।
यसैबीच आज बोलाइएको मन्त्रिपरिषदले आगामी मंसिरमा निर्वाचन मिति कोक्न सिफारिस गर्ने तयारी गरेको समेत बुझिएको छ ।