images
images

संसद विघटनबारे बोले माधव नेपाल


  • 921
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    संसद विघटनबारे बोले माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले संसद विघटनलाई प्रतिगमनको दोस्रो भागको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै नेपालले षडयन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको उल्लेख गरे । 

    उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएका कथित चुवावको उद्घोष जालझेल भएको समेत बताए ।

    'यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमनको भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु। यसको डटेर प्रतिवाद गर्न आह्वान गर्दछुु' नेपालले भनेका छन् ।

    madhav-nepal-fb-status.JPG


    images

    Logo