images
images

महाकाली नदीमा बाढी आउँदा २० लाखको क्षति


  • 936
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    महाकाली नदीमा बाढी आउँदा २० लाखको क्षति

    दार्चुला । महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । 

    महाकालीमा आएको वहाबका कारण निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।

    नदीले तटबन्ध पूरै ढाकेको र अहिलेसम्म अनुमानित रु १५÷२० लाख बराबरको क्षति भएको जनाएको छ ।  

    विसं २०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारबाट बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो । 

    दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण काम भइरहेको हो । श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो । सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण भइरहेको थियो ।

    निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको ड्याम खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो । 

    बिहीबार मात्रै भारतले धौलीगङ्गा जलविद्युत्को बाँध जुनसुकै बेला खुल्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो । यस्तै बङ्गाबगडमा ढुङ्गा खस्दा तटबन्धमा थोरै क्षति भएको आयोजनाले जनाएको छ ।


    images

    Logo