काठमाडौं । अमेरिकाले पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई २ करोड ४ लाख डोज खोप दिने घोषणा गरेको छ ।
जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई अमेरिकाले बाँड्ने भएको हो ।
बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।


