images
images

६ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण


  • 739
    SHARES
  • २०७८ आषाढ २० गते आइतबार

    ६ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण

    डोटि । बोधिसत्व बिहार काठमाडौँले  यहाँका छ वटा स्वास्थ्य संस्थालाई  स्वास्थ्य सामग्री वितरण गरेको छ  ।  सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो ।
     
    ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई, मास्क फेससिल्ड र स्यानिटाइजर लगायतका रहेका छन् ।  धनगढीदेखि स्वास्थ्य संस्थासम्म ती सामग्री  ढुवानी गर्न नेपाली कांग्रेसका नेता  लक्ष्मण खड्काले सहयोग गरेको छ । उनले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा १० हजार सर्जिकल मास्क, स्वास्थ्य सामग्री तथा कोभिडबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गरेको छ । बोधिसत्व बिहार काठमाडौँले जिल्लाका बडिकेदार र जोरायल गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जागृति बोगटीले जानकारी दिए ।


    images

    Logo