images
images

मूल्य निरन्तर बढ्दै जाँदा सुनको कारोबारमा गिरावट, अर्को साता एक लाख २५ हजारसम्म पुग्ने


  • 527
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    मूल्य निरन्तर बढ्दै जाँदा सुनको कारोबारमा गिरावट, अर्को साता एक लाख २५ हजारसम्म पुग्ने

    काठमाडौं । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए । 

    लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ । 

    अन्तर्राष्ट्रिय बजारमा एक महिनाअघिदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ, उनले भने, “आर्थिक मन्दीका कारण उपभोक्तासँग पर्याप्त रकम हुँदा सुनको कारोबार बढ्न सकेन ।” महासङ्घका अनुसार बिहीबार सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च एक लाख २२ हजार रुपैयाँ पुगेको थियो । 

    शुक्रबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार ८५ डलर पुगेको थियो । शुक्रबार प्रतिऔँस १७ डलरले घटेर दुई हजार ६८ डलरमा झरेको छ । अमेरिकाको फेडरल बैङ्कको आगामी जनवरी १ देखि ब्याजदर घटाउने निर्णयसँगै सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । अन्तर्राष्ट्रियमा प्रतिऔँस सुनको मूल्य दुई हजार एक सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य बढेर एक लाख २५ हजार रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । वाणिज्य बैङ्कहरूले दैनिक २० केजी सुन आयात गरिरहेका छन् । बजारमा बजारमा सुनको माग न्यून हुँदा सुनको मौज्दात बढ्दै गएको व्यवसायीको भनाइ छ । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार ४५५ रुपैयाँमा कारोबार भएको छ । यसैबिच, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नौ अर्ब ९७ करोड ११ लाख ६३ हजार रुपैयाँ बराबर १२ लाख एक हजार ८६४ ग्राम सुन आयात भएको छ ।   


    images

    Logo