images
images

पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत


  • 500
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत

    काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा मुलुकको अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मुलुकको अर्थतन्त्र गत आवको सोही अवधीको तुलनामा ३.२ प्रतिशतले वृद्धि भएको हो ।

    यस वर्ष खानी क्षेत्रको वृद्धि १५.८ प्रतिशतले भएको छ भने बैंक तथा बीमा क्षेत्रको वृद्धि १३.२ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । निक्षेप तथा कर्जामा वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बीमाको बढ्दो प्रीमियमका कारण यो क्षेत्रको वृद्धिदर सकारात्मक रहने बताइएको छ ।

    यस्तै, आवास तथा भोजन क्षेत्रको वृद्धि ११.७ प्रतिशत हुने भनिएको छ । पर्यटन आगमनमा भैरहेको वृद्धिले आवास तथा भोजन क्षेत्रमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयको विवरणमा उल्लेख छ ।


    images

    Logo