images
images

२०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण


  • 399
    SHARES
  • २०८० चैत्र २९ गते बिहीबार

    २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा नेपालले ३.६ प्रतिशत प्रतिशत वृद्धि हाँसिल गर्ने प्रक्षेपण गरेको हो । 

    यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २०२४ मा ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ६ प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्य लिएको छ । 

    निर्माण र व्यापार केही सुस्ताए पनि चालु आर्थिक वर्षमा धान र ऊर्जा उत्पादन बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ । निर्माण र व्यापार क्षेत्रमा सुधार भएमा नेपालको अर्थतन्त्र अझ धेरै विस्तार हुन सक्ने एडीबीको अनुमान छ ।

    पर्यटक आगमन पनि बढ्नुले नेपालको रोजगारीमा समेत ठूलो योगदान पुगेको एडीबीको ठहर छ ।


    images

    Logo