images
images

बोत्स्वानाबाट काँचो हिरा ल्याएर प्रशोधन गर्न चेम्बरको पहल


  • 619
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    बोत्स्वानाबाट काँचो हिरा ल्याएर प्रशोधन गर्न चेम्बरको पहल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानाबाट काँचो हिरा आयातमा सहजीकरण गर्न पहल गरेको छ । बिहीबार सो देशका राजदूत जिल्बर्ट एस म्याङगोलसँग भेट गर्दै चेम्बरका पदाधिकारीहरुले हिरा आयातमा सहजीकरण गर्न आग्रह गरेका हुन् । 

    बिहीबार चेम्बर अफ कर्मर्शको कार्यालय जमलमा चेम्बरका पदाधिकारी र राजदूत म्याङगोलबीच भेटवार्ता भएको थियो । सो वार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भौगोलिक तथा शासकीय दृष्टिकोणले नेपाल र बोत्स्वााना समान भएको भन्दै दुई देशबीच लगानी, व्यापार, पर्यटन जस्ता क्षेत्रमा गर्न सकिने समेत बताए । 

    अध्यक्ष मल्लले राजदूत श्रेष्ठसँग बोत्वानाका लगानीकर्तालाई नेपालको जलविद्युत, भौतिक पूर्वाधार लगायत क्षेत्रमा लगानीका लागि आग्रह समेत गरेका थिए । साथै नेपालमा बन्ने हस्तकलाका सामान, पस्मिना, जडिबुटी तथा चियालाई बोत्स्वानामा बजारीकरणका लागि सहजीकरण गर्न समेत उनले आग्रह गरेका थिए । 

    हिरा, तामा, लगायत बस्तुको निर्यातका लागि बोत्स्वााना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच सन २००९ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो । अहिले २ देशबीच व्यापारिक साझेदारी हुँदै आएको छ ।


    images

    Logo