images
images

नेपाललाई थप दुई बन्दरगाह प्रयोग गर्न दिन भारत 'तयार'


  • 748
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    नेपाललाई थप दुई बन्दरगाह प्रयोग गर्न दिन भारत 'तयार'

    काठमाडाैं । नेपालका लागि थप २ वटा बन्दरगाह प्रयोग गर्न दिन भारत सहमति नजिक पुगेको छ । नेपाल र भारतबीचको वाणिज्य सन्धी पुनरावलोकनका लागि भएका बैठकहरुमा उडिसा राज्यको धाम्रा बन्दरगाह र गुजरात राज्यको मुन्द्र बन्दरगाह नेपालका लागि खुला गराउन भारत सकारात्मक देखिएको हो । यी विषयलाई सम्बोधन गर्न वर्तमान व्यापार तथा पारबहन सन्धी पुनरावलोकन गर्ने तयारी अघि बढेको छ ।

    अहिले नेपालले पश्चिम बंगालको कोलकत्ता, आन्ध्र प्रदेशको विशाखापटनमबाट अहिले तेस्रो मुलुक हुँदै सामान आउने गरेको थियो । यी दुवै भारतका पूर्वी राज्यहरु हुन् । अब खुल्ने तयारी गरिएको बन्दरगाहमध्ये धाम्रा बन्दरगाह कोलकत्ता र विशाखापटनमको बीचमा पर्छ । यो बन्दरगाहको प्रयोगले विशाखापटनमबाट गरिने ढुवानीको तुलनामा स्थल मार्गको लागत घटाउँछ । 

    यद्यपि यी तीनवटै बन्दरगाह पूर्वी क्षेत्रमा पर्ने भएकोले युरोप तथा पश्चिमी देशहरुसँगको व्यापार असहज हुँदै आएको थियो । मुन्द्रा बन्दरगाह पश्चिमी क्षेत्रमा पर्ने भएकोले यसले युरोप र अमेरिकी देशसँगको व्यापारलाई सहज बनाउने विश्वास लिइएको छ । 

    नेपालबीच यसअघि सन् २००९ मा वाणिज्य सन्धी पुनरावलोकन गरिएको थियो । सो सन्धी पुनरावलोकनका लागि दुई पक्षबीच वार्ता थालिएको छ । भारतले नेपालले भारतबाट आयात हुने कृषिजन्य वस्तुमा लगाउँदै आएको कृषि सुधार शुल्क खारेज गर्न नेपालसमक्ष प्रस्ताव गरेको छ ।


    images

    Logo