बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर , तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर , तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्यो गपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।
मूल्यमा ठूलो अन्तर
धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपैयाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपैयाँ छ । यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुपैयाँ, सनफ्लो तेल २९० रुपैयाँ र धारा हेल्थ ३३०÷३३५ रुपैयाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपैयाँमा कारोबार भएको छ । अप्रशोधित तेल उत्तम खाने तेल उत्पादक÷उद्योगले उपभोक्ता आकर्षित गर्न आफ्नो ब्रान्डको प्रचारप्रसार गरिरहेका हुन्छन् ।
‘कोलेस्ट्रोलफ्री’, ‘मुटु बलियो बनाउँछ’ जस्ता सन्देशले उपभोक्तालाई आकर्षण गरिरहेको हुन्छ । बजारमा आकर्षक बोतल, पाउचमा बेच्न राखिएका धेरैजसो तेल प्रशोधित हुन् । शुद्ध तेलमा कुनै पनि र सायन नमिसाइने भएकाले चिकित्सक यसलाई स्वास्थ्यवद्र्धक मान्छन् । प्रशोधित तेलमा ओमेगा–६ नामक र सायन हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो नहुने विज्ञको भनाइ छ । त्यसैले खाने तेलको छनोट गर्दा प्रशोधितभन्दा अप्रशोधित शुद्ध तेल नै उत्तम हुने सल्लाह चिकित्सकले दिने गरेका छन् ।
ब्रान्ड र मूल्य होइन, गुणस्तर खाद्य प्रविधि तथा गुुणस्तर विभागले भने खाने तेल होस् वा अन्य सामानको ब्रान्डले गर्दा उच्च गुणस्तरको भएर महँगो हुने र ब्रान्ड नभइसकेको सामानको मूल्य कम हुँदैमा गुुणस्तर हीन हुने दाबी गर्छ । विभागका निर्देशक मोहनकृष्ण महर्जन खाने तेल उत्पादनका लागि पालना गर्नुुपर्ने न्यूनतम मापदण्ड पालना गरेका सबै तेल गुुणस्तरीय वा खानयोग्य हुने बताउँछन् ।
“ब्रान्ड त खाली उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुुणस्तरीय छन्,” उनले स्पष्ट पारे ।
खाद्य सुरक्षा ऐन, २०२३ अनुसार उत्पादन गर्दा गर्नुुपर्ने गुुणस्तर को न्यूनतम मापदण्ड पालना गरेको प्रमाणपत्र लिएका सबै उद्योगले उत्पादन गर्ने तेल वा अन्य सामान गुुणस्तरका हुन्छन् । ब्रान्ड भनिएका तेल र ब्रान्ड नबनाइसकेका तेलको गुुणस्तर एउटै हो । खाली कुनै ब्रान्डको बढी र कुनैको कम कारोबार हुने अर्को कुरा हो ।
मूल्य अन्तरबारे अनभिज्ञता
मूल्यमा हुने अन्तरको भने सरकारले मूल्य निर्धारण गर्न नसक्नुको परिणाम भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकार तथा अनुुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले ब्रान्डका नाममा होस् वा अन्य नाममा आम उपभो क्ताले खोज्ने भनेको गुुणस्तरीय र उचित मूल्य भएको बताए । गुुणस्तर एउटै भएका वस्तुुको मूल्यमा धेरै अन्तर हुुनुले सरकार का नियमनकारी निकायको कमजोरी भएको उहाँको धारणा छ ।
सरकारका नियमनकारी निकायले एउटै गुुणस्तरका वस्तुुमा मूल्य फरक छ भने त त्यसको कारण खोज्नुुपर्ने तिमल्सेनाको भनाइ छ । उनले भने, “उपभोक्ता ब्रान्डका नाममा ठगिनुु ठगिएका छन्, सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनबाट सञ्चालित सुुपथ मूल्य पसलले समेत ब्रान्डका नाममा बढी पैसा लिने गरेका छन् ।”
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्रान्डअनुसार मूल्य फरक भएको बारेमा अनुुगमन अहिले नभएको स्वीकार गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले हरेक सामानको मूल्य निर्धारण प्रणाली हुने र त्यो अनुुरूप सामानको मूल्य राख्ने गरिएको हुन्छ तर मूल्यमा एकरूपता नभएकाबारे हाललाई नहेरिएको स्वीकार गरे । “बेलाबेलामा के आधारमा मूल्य निर्धारण गरिएको हो भने र मूल्य विश्लेषण हुन्छ, पछिल्लो पटक नभएको जानकारी छैन, अब भने छिट्टै नै त्यसबारेमा छलफल गर्छौं ।”


