images
images

सेयर बजारमा करेक्सन


  • 274
    SHARES
  • २०७८ जेठ २६ गते बुधबार

    सेयर बजारमा करेक्सन

    काठमाडौं ।  बुधबार सेयर बजारमा करेक्सन देखिएको छ ।  

    आज नेप्से परिसूचक कारोबार १३.५९ अंकले घटेर २९४६.५८ अंकमा सीमित भएको छ ।

    यो दिन ३ करोड १३ लाख  कित्ता सेयर १६ अर्ब ९९ करोड कारोबार भएको छ । यो दिन ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्टर एण्ड प्रोसेसिङ, म्यूचुअल फन्ड र जीवन बीमा बढेको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

    यो दिन युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंको सेयर मूल्य घटेको छ भने नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ ।


    images
    images

    Logo