images
images

खल्ती डिजिटल वालेटबाट अब फोहोर व्यवस्थापनको बिल सजिलै भुक्तान गर्न सकिने


  • 469
    SHARES
  • २०७८ जेठ २६ गते बुधबार

    खल्ती डिजिटल वालेटबाट अब फोहोर व्यवस्थापनको बिल सजिलै भुक्तान गर्न सकिने

    काठमाडौं । खल्ती डिजिटल वालेटले आफ्नो एपमा  फोहोर व्यवस्थापनको बिल भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । 

    यो सुविधाले अब बिना कुनै अतिरिक्त शुल्क, छिटो र सजिलो तरिकाले आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ । 

    खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा यो व्यवस्था ल्याएको हो ।

    हाल खल्तीले यो सेवा उपत्यकाको चार  क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्बकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्रै संचालनमा ल्याएको छ । 

    आगामी दिनमा चाँडै नै थप कम्पनीहरूसँग सहमति र सहकार्य गरि फोहोर व्यवस्थापन बिल खल्तीमार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारीे खल्तीले गरिरहेको छ । 

    यो सेवाको लाभ लिन खल्तीको होम स्क्रिनमा रहेको ‘वेस्ट’मा ट्याप गरि आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ । 

    त्यसपछि, आफ्नो कार्ड नम्बर भरि ‘गेट डिटेल’ बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । 

    यसरी, सबै विवरण ठिक भएको यकिन गरि सिधै बिल भुक्तानी गर्न सकिन्छ । 
     


    images
    images

    Logo