काठमाडौं । नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ५ हजार ७ सय ६८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १२ हजार ७४ जनाको पीसीआर परिक्षण गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।