काठमाडौं । नेकपा एमाले ओली पक्षका नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बहुमत रहेको स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष दाबी पेश गरेको अवस्थामा पोखरेलले देउवाको बहुमत स्वीकार गरेका हुन् ।
यद्यपि पोखरेलले यस्तो बहुमतलाई असंसदीय भन्दै यो खारेजभागी हुने दाबी गरेका छन् । तात्कालिन प्रतिनिधिसभामा १ सय ४६ जना सांसदले सर्वोच्च अदालतमा संयुक्त रुपमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने अवस्था हुुँदाहुँदै असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरिएको भन्दै संयुक्त रुपमा रिट दायर गरेका छन् ।
बुधबार प्रारम्भिक सुनुवाई भएको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरिएको छ । असार ९ गतेदेखि यो मुद्दामा निरन्तर रुपमा बहस हुने जनाइएको छ ।



