काठमाडौं । प्रदेश २ सरकारमा नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको छ । देश संघीय संरचनामा गएर प्रदेशको निर्वाचन भएपछि पहिलोपटक बुधबार प्रदेश नं २ मा काँग्रेसबाट प्रतिनिधित्व गरेर ३ जना प्रदेश मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।
काँग्रुेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा गएका हुन् । यादवले यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पाएका छन् ।
गत निर्वाचनमा देशैभर पराजीत भएपछि सबै प्रदेशमा काँग्रेस प्रतिपक्षमा थियाे । प्रदेश २ मा यसअघि जनता समाजवादी पार्टीको नेतृत्व रहे पनि सो दलमा विवाद भएपछि काँग्रेस सत्तामा गएको हो । यसअघि कर्णालीमा पनि काँग्रेस सरकारमा गएकाे थियाे ।



