images
images

ओली शासनका ४ भाग्यमानी दम्पत्ति : जसलाई सत्ताले पच्छ्याइरह्यो


  • 1.9K
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    ओली शासनका ४ भाग्यमानी दम्पत्ति : जसलाई सत्ताले पच्छ्याइरह्यो

    काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारको क्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी नैनकला थापालाई दिएकोमा धेरैले विरोध र व्यंङ्ग्य गरेका छन् । पति रामबहादुर थापा बादल मन्त्री हुन नपाएपछि पत्नीलाई जिम्मेवारी दिएको भनेर विरोध भइरहँदा ओलीको मन्त्रिपरिषद्मा रहेका ४ यस्ता मन्त्री छन् जसको पतिपत्नी नै मन्त्री बनिसकेका छन्, त्यो पनि ओलीको यही कार्यकालमा ।

    नेकपा माओवादी केन्द्र छाडेपछि कारबाहीमा परेका बादल राष्ट्रिय सभाको उपनिर्वाचनमा डा। खिमलाल देवकोटासँग पराजित भएपछि उनी मन्त्रीपदबाट स्वतः बाहिरिएका थिए । तर पुल्चोकस्थित मन्त्री क्वाटरबाट सामान समेत फर्काउन नपाउँदै अर्को मन्त्री उपहार पाएकी बादल पत्नी नैनकला दम्पती नै मन्त्री हुने एक्लो मन्त्रिपरिषद् सदस्य नभए पनि उनको नियुक्तिप्रति विरोध धेरै भएको हो ।  

    अघिल्लो पटकको मन्त्रिपरिषद् विस्तारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका शेरबहादुर तामाङ मन्त्री बनेको दुई साता पनि भएको छैन । यद्यपि उनकी पत्नी उषाकला राई तामाङभन्दा पहिले नै प्रदेश १ को सामाजिक विकास मन्त्री भइसकेकी थिइन् । अहिले यो दम्पती नै प्रदेश र केन्द्रका बहालवाला मन्त्री हुन् ।

    त्यस्तै, ओली सरकारका ३ मन्त्री दम्पती आलोपालो मन्त्री बन्ने भाग्यमानी मन्त्री बनेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका नेता अनिल कुमार झा अहिले मन्त्री बनेका छन् । प्रदेश २ मन्त्रिपरिषद्बबाट गत साता मात्रै बर्खास्तीमा परेकी डिम्पल कुमारी झा अनिल झाकी पत्नी हुन् । उनी मन्त्री पदबाट बर्खास्तीमा परेसँगै अनिलले केन्द्रीय मन्त्री बन्ने मौका पाए ।

    त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो मन्त्रीपदबाट बाहिरिएपछि उनका पति रघुवीर महासेठले उपप्रधान सहित परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए । यसरी यी चार दम्पती ओली सरकारको पटक पटक पुरस्कार पाउने दम्पती बनेका छन् ।


    images

    Logo