images
images

चार देशसँग हवाई सेवाका लागि सम्झौता हुँदै,कुन कुन देशसँग छलफल अघि बढ्यो


  • 597
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    चार देशसँग हवाई सेवाका लागि सम्झौता हुँदै,कुन कुन देशसँग छलफल अघि बढ्यो

    काठमाडौं । हवाई सेवा सञ्चालन गर्न सरकारले ४ देशमा हवाई सेवा सम्झिौता गर्ने तयारी गरेको छ । सरकारले अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा, र इन्डोनोसियासँग दुई पक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको हो । 

    चालु आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । नेपाल र अमेरिका सिधा हवाई सेवा नभएकाले अमेरिकाले हवाई सेवा सम्झौताका लागि चासो देखाएको र सोही अनुसार मन्त्रालयले प्रक्रिया अगाडी बढाएको लामिछानेले बताए । 

    हवाई सेवा सम्झौतापछि दुई देशबिच सिधा हवाई उडान गर्ने बाटो खुल्नेछ । हाल नेपाल–अमेरिका सिधा हवाई सञ्जाल नहुँदा तेस्रो मुलुक हुँदै उडान भइरहेको छ । लामिछानेले भने,’यात्रुका लागि हवाइ सेवाको वातावरण सहज बनाउन र विश्वमा हवाइ कनेक्टिभिटी बढाउन नेपालले ४ देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको हो । 

    हाल सरकारले यूरोपियन युनियन र ४० अन्य देशसँग दिपक्षीय हवाइ सम्झौता गरेको छ । 


    images

    Logo