images
images

डोलेश्वरमा बिहानैदेखि दर्शनार्थीको भीड, नेपालीसंगै भारतीय भक्तजन उल्लेख्य


  • 55
    SHARES
  • २०८३ श्रावण ११ गते सोमबार

    डोलेश्वरमा बिहानैदेखि दर्शनार्थीको भीड, नेपालीसंगै भारतीय भक्तजन उल्लेख्य

    भक्तपुर । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको दोश्रो सोमवार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, बिहान चार वजेदेखिनै मन्दिरमा भक्तजनको भिड लागेको छ । 

    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा साउन १ गतेदेखि श्रावणी मेला सञ्चालन हुंदै आएको छ । ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब ३० लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान अध्यक्ष बस्नेतको छ । अध्यक्ष बस्नेतका नुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । आईतवार लगायतका अन्य दिनमा समेत तीन हजारको हाराहारीमा दर्शनार्थी आउँने गर्दछन् । 

    मेलाबाट करिव एक करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने महासचिव बस्नेतले बताए । 

    डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने गरिएको वडाअध्यक्ष बस्नेतको भनाई छ । 

    22d250c8-a556-4570-b035-243da0f9e3d7.jfif
    undefined

    मेलालाई व्यवस्थित र मर्यादित बनाउँन पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिएको छ भने स्वास्थ्य शिविर पनि आयोजना गरिदै आएको छ । वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन तीन दर्जनबढी सिसीटिभीसमेत जडान गरिएको बताए । 

    केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर स्वदेशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै  वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटकको उपस्थिति हुने गरेको जानकारी दिए ।

     यसैबीच श्रावण शुरु भएसंगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा साउनको शुभारम्भसंगै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ । डोलेश्वरको श्रावणी मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने केदारनाथको शिर डोलेश्वर संरक्षण समितिले जनाएको छ । 


    images

    Logo