images
images

तीनवटा संसदीय समितिको बैठक बस्दै


  • 63
    SHARES
  • २०८३ श्रावण ११ गते सोमबार

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३र८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ ।


    images

    Logo