images
images

सुनसरीमा दुई पक्षबीचको झडप एकको मृत्यु १६ जना घाईते, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु


  • 67
    SHARES
  • २०८३ श्रावण ११ गते सोमबार

    सुनसरीमा दुई पक्षबीचको झडप एकको मृत्यु १६ जना घाईते, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

    सुनसरी । सुनसरीमा दुई पक्षबीचको झडप बढ्दै गएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्लाका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा गएराती दुईपक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

    सो घटनामा परेर प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। 

    राति साढे १२ बजे जारी गरिएको सो आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनद्वारा जारी आदेशमा आदेशको उल्लङ्घन भएमा एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्नेछ जनाइएको छ ।

    कर्फ्यु आदेश जारी भएका क्षेत्रमा हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कसनागंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्र रहेका छन् । राती सोमवारको ब्रतका लागि जल चढाउँन कोशी जाने क्रममा ठुला स्वरमा डिजे बजाएको निहुमा भएको विवाद भढेर तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । 

    519e76ca-b965-49bf-a29b-23ddfb87ca2b.jfif
    undefined


    images

    Logo