काठमाडौं । पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि हटाइएका छन् ।
बिहीबार भएको मत विभाजनमा पार्टीले विपक्षमा मतदान गर्न ह्विप जारी गरे पनि उनी तटस्थ बसेपछि पार्टीले उनलाई हटाएको हो ।
यसअघि पनि उनले विपक्षमा मतदान गर्न जारी गरेको ह्विप हल्लंघन गरेका थिए । त्यतिबेला बैशाख १२ गतेका लागि जारी गरेको ह्वीप बैशाख २७ गतेको लागि लागु हुन नसक्ने भन्दै अदालतले उनको कारबाही रद्द गरेको थियो ।