images
images

चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो 


  • 521
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो 

    दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २०  प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेपछि सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको घुइँचो लाग्ने गरेको छ ।   

    खाद्य संस्थानले सस्तो दरमा  चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई  ठुलो राहत मिलेको छ ।   

    सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका,  महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन् ।  

    सहुलियत दरको चामल लिन अहिले भिड  लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताए ।  
    जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय  क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको  ऐरीले जानकारी दिए । 

    सोमवार, बुधबार  र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । 
    खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । 

    दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उनको भनाइ छ । (


    images
    images

    Logo