images
images

गुन्डा नाइके गणेश लामा सहित तीन जना रिहा


  • 508
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    गुन्डा नाइके गणेश लामा सहित तीन जना रिहा

    पोखरा । लेकसाइड स्थित एक होटलबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामा सहित तीन जना रिहा भएका छन् । 

    प्रहरीले उनलाई लकडाउन उल्लंघन गर्दै पोखरा आएको आरोपमा बिहीबार पक्राउ गरेको थियो ।

    कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित तीन जनालाई रिहा गर्न आदेश दिएका हुन् । 

    प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् । 

    पक्राउ गरेका तीनै जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखेको थियो । 

    लामालाई बिनाकारण पक्राउ गरेको भन्दै कास्की काँग्रेस र उसका भातृ संस्थाहरुले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादती विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । 

    लामा नेपाली काँग्रेसका नेता समेत हुन् ।

     

     


    images
    images

    Logo