images
images

नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि 


  • 346
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं । नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । 

    यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

    पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

     


    images
    images

    Logo